बालुवाटार पुगेर विरोध गर्ने योजना बनाएका विद्यार्थी नेता जमलमै पक्राउ

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) सहयता लिन नहुने भन्दै बालुवाटार पुगेर विरोध गर्ने योजना बनाएका विद्यार्थी नेता पक्राउ परेका छन्।

शनिबार बिहान ८ बजे जमलबाट साइकल र्‍याली गर्दै बालुवाटार पुगेर विरोध गर्ने योजना बनाएका १६ विद्यार्थी र्‍याली शुरु नहुँदै पक्राउ परेका हुन्।

प्रहरीका अनुसार अनेरास्ववियूका रविन बस्नेत, उपदेश यादव, निरोज श्रेष्ठलगायतका विद्याथी नेताहरुलाई पक्राउ गरिएकाे छ।

प्रकाशित मिति: : 2020-06-20 10:14:03

प्रतिकृया दिनुहोस्