सांसद सरिता गिरीलाई जन्म कैद गर्न माग गर्दै जाहेरी दर्ता

 समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै किटानी जाहेरी दर्ता भएको छ।

अधिवक्ता सन्तोष भण्डारीसहित चार जनाले शुक्रबार महानगरीय प्रहरी परिसर टेकुमा गिरीमाथि राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन माग गर्दै जाहेरी हालेका हुन्।

उनीहरुले गिरीले संविधान संशोधन विधेयकको विरोधका क्रममा नेपालको सार्वभामैसक्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताविरुद्ध अभिव्यक्ति दिएको भन्दै मुलुकी अपराध संहिता २०७४ को दफा ४९ (५) क अनुसार जन्म कैद अर्थात २५ वर्षसम्म सजाय गर्न किटानी जाहेरीमा माग गरेका छन्।

सांसद गिरीले पार्टीको निर्देशन विपरीत लिम्पियाधुरा लगायतको भूगोल समेटेर बनाइएको नक्सा सहितको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक खारेजको माग गर्दै संशोधन दर्ता गरेकी  थिइन्। उनलाई समाजवादी पार्टीको तर्फबाट नै विधेयक फिर्ता लिनको लागि निर्देशन दिइएको  थियाे। तर नमानेपछि उनको संशोधनलाई सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकार गरेका थिए। 


 

प्रकाशित मिति: : 2020-06-19 22:03:59

प्रतिकृया दिनुहोस्