घुससहित समातिएका मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृतसहित ६ जनालाई थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ ।
मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत अधिकृत रघुवंश कँडेलसहित नायब सुब्बाहरु उद्वव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनाललाई ८ लाख घुससहित सामाखुशीबाट पक्राउ गरेको थियो।
आयोगले बिहीबार ६ जनालाई नै अनुसन्धानका लागि म्याद थपका लागि पेस गरेको थियो। जसको सुनुवाई गर्दै विषेश अदालतले १५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।