नेपालमा ६५९१ पुगे काेराेना संक्रमित, कहाँ–कहाँ थपिए? (तथ्यांकसहित)

मंगलबार नेपालमा थप ३८० जनामा  कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३८० जना कोरोना संक्रमित थपिएका हुन्। यो सँगै मंगलबारसम्म कुल सं‌क्रमितको संख्या ६५९१  पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार झापामा भएको परीक्षणमा २ जना, धरानमा भएको परीक्षणमा ४ जना, जनकपुरमा भएको परीक्षणमा ५५ जना, वीरगञ्जमा भएको परीक्षणमा २ जना, पोखरामा भएको परीक्षणमा २१ जना र कैलालीमा भएको परीक्षणमा ७६ जनामा पोजेटिभ देखिएको छ। 

यस्तै बाँकेमा भएको परीक्षणमा १० जना, राजविराजमा भएको परीक्षणमा ३ जना, भरतपुर अस्पतालमा भएको परीक्षणमा १, रुपन्देहीमा भएको परीक्षणमा ४ जना, सुर्खेतमा ९ जना, धुलिखेल अस्पतालमा भएको परीक्षणमा २२ जना, दाङमा भएको परीक्षणमा ५७ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा १ सय १४ जनामा पोजेटिभ देखिएको छ।

पछिल्लो २४ घण्टामा ११७ जना डिस्चार्ज भएका छन्। जसमा १०९ पुरुष र ८ महिला रहेका छन्।  यो सँगै कुल डिस्चार्ज हुनेको संख्या ११५८ पुगेको छ।

आजसम्म पीसीआर विधिबाट १ लाख ४३ हजार ७ सय ३८ जनाको कोरोना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पीसीआर परीक्षण भएको छ।

यस्तै आरडिटी विधिबाट २ लाख २३ हजार ५ सय १९ र पछिल्लो २४ घण्टामा ४ हजार १ सय ८३ जनाको आरडिटी परीक्षण भएको छ। अहिले देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ५ सय ३१ जना रहेका छन्। क्वारेन्टाइनमा १ लाख ३३ हजार ९ जना रहेका छन्।

प्रकाशित मिति: : 2020-06-16 16:59:57

प्रतिकृया दिनुहोस्