मंगलबार नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३८० जना कोरोना संक्रमित थपिएका हुन्। यो सँगै मंगलबारसम्म कुल संक्रमितको संख्या ६५९१ पुगेको छ।
मन्त्रालयका अनुसार झापाका १, पाँचथरका १, सुनसरीका २, सिरहाका २, रौतहटका ३८, महोत्तरीका ८९, पर्साका २, गोरखाका १०, नवलपरासी पूर्वका ३, बाग्लुङ १ र तनहुँका २ जनामा संक्रमण देखिएको छ।
कास्कीका ३, स्याङ्जाका ४, अछामका १, बैतडीका २१, डोटीका २०, कञ्चनपुरका ११, कैलालीका २३, बाँकेका १, बर्दियाका ९, सप्तरीका ३, अर्चाखाँचीका ९, र रूपन्देहीका ४ जनामा पनि संक्रमण पुष्टि भएको छ।
दैलेखका ५, सुर्खेतका ४, धनुषाका २१, रामेछापका १, सल्यानका १, दाङका ५६, काठमाडौंका १, मोरङका १, रौतहटका १४, रोल्पाका १ र सर्लाहीका १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ११७ जना डिस्चार्ज भएका छन्। जसमा १०९ पुरुष र ८ महिला रहेका छन् । यो सँगै कुल डिस्चार्ज हुनेको संख्या ११५८ पुगेको छ।
हालसम्म कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ।
हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।
देशभर हालसम्म एक लाख ४३ हजार ७३८ पीसीआर परीक्षण गरिएको छ भने दुई लाख २३ हजार ५१९ जनाको आरडीटी परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पीसीआर परीक्षण गरिएको छ ।