नेपाल–भारतबीचमा रोटी–बेटीको सम्बन्ध छ, कसैले तोड्न सक्दैन: भारतीय रक्षामन्त्री सिंह

बिएल संवाददाता

नयाँदिल्ली

भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल–भारतबीचकाे सम्बन्ध कसैले तोड्न नसक्ने बताएका छन्। उनले लामाे समयदेखि रोटी–बेटीको सम्बन्ध रहेकाे भन्दै सम्बन्ध कसैले तोड्न नसक्ने बताएका हुन्।

भारतीय जनता पार्टीका उत्तराखण्डका कार्यकर्तालाई ‘जन संवाद’ कार्यक्रमअन्तर्गत सम्बोधन गर्दै रक्षामन्त्री सिंहले उक्त कुरा बताएका हुन्। 

भारतको नेपालसँग सामाजिक, भौगोलिक, ऐतिहासिक र सांस्कृतिक मात्र नभई आध्यात्मिक सम्बन्ध पनि रहेको उनले बताए। गोरखा रेजिमेन्ट सेनाले समय समयमा आफ्नो शौर्यको परिचय दिने गरेको भन्दै उनले नेपालसँगको सम्बन्ध टुट्न नसक्ने बताए।

साथै उनले सीमा विवादको समाधान वार्ताबाटै खोज्ने पनि बताए।

‘लिपुलेकबाट धार्चुला जोड्ने सडकलाई लिएर नेपालमा केही गलत बुझाई भए त्यसलाई सम्वादबाटै हल गरिनेछ। म विश्वासको साथ भन्न चाहन्छु कि भातीयको मनमा कहिल्यै पनि नेपालको विषयमा कुनै प्रकारको कटुता पैदा हुन सक्दैन। हाम्रो नेपालसँग यति गहिरो सम्बन्ध छ। हामी सबै समस्याको सामाधान वार्ता र सम्वादमार्फत नै गर्नेछौँ,’उनले भने।
 

प्रकाशित मिति: : 2020-06-15 14:34:32

प्रतिकृया दिनुहोस्