कोरोना भाइरसका कारण खराब विश्वका खराब मुलुकको सूचीमा नेपालले फड्को मारेको छ। शुक्रबार ४४८ जानमा कोरोना संक्रमित थपिएसँगै ७५ औं स्थानबाट ७१ औंमा उक्लिएको हो।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या पाँच हजार नाघेको छ। आज बिहान मात्रै वीरगञ्जमा ६, पर्वतमा ४ र नवलपुरमा १ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै कोरोना भाइरसकै कारण नेपालमा १६ जनाले ज्यान गुमाइसकेका छन् जसमा शुक्रबार एकजनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ। यस्तै ८ सय ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् जसमा शुक्रबार मात्रै १६ जना कोरोनालाई जितेर घर फर्किएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा हालसम्म ३ सय ३३७ जना कोरोना संक्रमित छन् भने १६४ जना निको भएर घर फर्किएका छन्।
यस्तै प्रदेश २मा १ हजार ८ सय ७९ जना कोरोना संक्रमित छन् भने ३ सय ५७ जना निको भएका छन्। दुईजनाले ज्यान गुमाएको छ।
त्यसैगरी बागमती प्रदेशमा १८६ जना कोरोना संक्रमित, ४५ जना संक्रमणमुक्त छन् भने चारजनाले ज्यान गुमाएका छन्।
त्यसैगरी गण्डकी प्रदेशमा १९३ जना कोरोना संक्रमित पुगेको छ भने एकजनाले कोरोना भाइरसकै कारण ज्यान गुमाएका छन्। ११जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।
यस्तै प्रदेश ५मा कोरोना संक्रमतिको संख्या १ हजार ४ सय ४३ पुगेको छ भने पाँच जनाको मृत्यु भएको छ। यस्तै २६२ जना कोरोना संक्रमणमुक्त भएका छन्।
यस्तै कर्णाली प्रदेशमा ८ सय ४२ जना कोरोना संक्रमित भएका छन् भने तीनजनाको मृत्यु भएको छ। साथै २५ जना कोरोना भाइरसलाई जितेर घर फर्किएका छन्।
त्यस्तै सुदूरपश्चिम प्रदेशमा १ सय ९२ जना कोरोना संक्रमित भएका छन् भने दुईजनाले कोरोनाबाट ज्याको गुमाएको छ। साथै १३ जना कोरोनाबाट मुक्त भएर घर फर्किएका छन्।
नेपालले कोरोना संक्रमितको संख्यामा सेनेगल, उज्बेकिस्तान र ताजकिस्तान लगायतका मुलुकलाई पछि पारेको छ।
नेपालभन्दा अगाडि अब सुडान, फिनल्यान्ड, अस्ट्रेलिया रहेका छन्। सुडानमा संक्रमितको संख्या ६ हजार ८ सय ७९ छ भने फिनल्यान्डमा ७ हजार ७३ जान छन्। अस्ट्रेलियामा संक्रमितको संख्या ७ हजार २ सय ९० रहेको छ।
याे सूचीकाे पहिलाे स्थानमा रहेकाे अमेरिकामा सर्वाधिक २० लाख ४४ हजार ५ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ लाख १४ हजार ६ सय १३ जनााके ज्यान गएकाे छ।
यता दाेस्राेमा रहेकाे ब्राजिलमा ८ लाख २८ हजार ८ सय १० मा संक्रमण पुष्टि भएकाे छ भने ४१ हजार ८ सय २८ काे ज्यान गएकाे छ।