प्रशान्त महासागरको द्विपीय राष्ट्र पपुआ न्यू गिनीमा सोमबार बिहानै ५.९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ।
सर्भेका अनुसार उक्त भूकम्पको केन्द्रविन्दु कोकोपो शहरबाट १३१ किलोमिटर दक्षिणपश्चिम तथा जमिनको सतहबाट करिब ५३ किलोमिटर गहिराईमा रहेको थियो ।
तर कुनै सुनामीको चेतावनी दिइएको छैन । भूकम्पबाट कुनै जनधनको क्षतिको विवरण भने प्राप्त भएको छैन ।