बेलुका ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद बैठक बोलाएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अपरान्ह ४ बजे मन्त्रिपरिषदको नियमित बैठक बस्न लागेको हो।

आजको मन्त्रिपरिषद बैठकमा लकडाउनका विषयमा निर्णय हुनसक्ने सम्भावना छ।

बुधवार प्रधानमन्त्रीले विज्ञहरुसँग लकडाउनको मोडालिटीबार छलफल गरेका थिए। विज्ञहरुले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए।

जेठ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले ३२ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको थियो।

लामो समयसम्म लकडाउन हुँदा ब्यवसाय धरापमा परेको भन्दै ब्यवसायीले ब्यापार ब्यवसाय खोल्ने बताएका छन्। लकडाउन पटकपटक लम्ब्याए पनि सरकारले राहतको प्याकेज नल्याएको भन्दै लकडाउनबारे पुनर्विचार गर्न प्रधानमन्त्री माथि चर्को दबाब छ।

प्रकाशित मिति: : 2020-06-04 11:00:26

प्रतिकृया दिनुहोस्