काठमाडौंको कमलादीमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ७ भीआईपीमाथि अनुसन्धान गर्न म्याद थप गरिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन थुनामा राखि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञावलीले जानकारी दिए।
सोमबार साँझ कमलादीस्थित गगौंर बुटिक होटेलमा संञचालन गरिएकाे जुवाको खालबाट एनआईसी एसिया बैंकका सञ्चालक रामचन्द्र संघाई र विशाल ग्रुपका संचालकद्वय विमल खेतान र विमल अउजासहित ७ ब्यापारी पक्राउ परेका थिए।
पक्राउ पर्नेहरुमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) का संचालक अशोककुमार अग्रवाल र कपडा ब्यापारी पुरुषोत्तम घिराइया पनि रहेका छन्।
यस्तै चिया उद्योगीको भेषमा हुन्डीको कारोबार गर्दै आएका गोविन्दराम सरिया, सुरेशकुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाई पनि पक्राउ परेका छन्।
प्रहरीले उनीहरुको साथबाट दुई लाख ७७ हजार सात सय २० रुपैयाँ नगद र एक सय ७९ वटा चिप्स पनि बरामद गरेको छ।