पुल्चोकस्थित निदान अस्पताल सिल गरिएको एक दिनपछि पुनः संचालनमा आएको छ। अस्पतालको एम्बुलेन्स एक कारोना संक्रमित भएको साथीलाई लान ल्यान प्रयोग भएको थियो।
अस्पताल स्रोतका अनुसार सोही अस्पतालमा कार्यरत एक कर्मचारी सुनसरी घर गएर केही दिन अघि काठमाडौ फर्किई अस्पताल आउनु पूर्व पीसीआर परिक्षण गराउन निदानको एम्बुलेन्समा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकू पुगी नमूना छोडी पुनः त्यही एम्बुलेन्समा भक्तपुर फर्किएका थिए।
उनलाई मंगलबारको रिपोर्ट पोजेटिभ आएपछि कन्ट्रयाक ट्रेसिङका लागि अस्पतालमा कसैलाई आवत जावत गर्न नदिएको नदिएको बताएको छ। यस्तै उनी अस्पतालको नर्स नभई लेखापाल रहेको अस्पतालले विज्ञप्तिमा उल्लेख गरिएको छ।
उक्त एम्बुलेन्स चालक र एक कर्मचारीलाई पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण नदेखिएपछि अस्पतालले बिहीबारदेखि नियमित संचालनमा आएको जनाएको छ।