भक्तपुरमा भेटिएकी कोरोना संक्रमित टेकु अस्पताल भर्ना, सुनसरीबाट आएको खुलासा

बिएल संवाददाता

काठमाडाै‌ं

काठमाडौं उपत्यकाअन्तर्गत भक्तपुरमा पहिलोपटक कोरोना भाइरसबाट संक्रमित व्यक्ति फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार एकै दिन भक्तपुरका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

अब नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१७ पुगेको छ। हेर्नुस मन्त्रालयको पछिल्लो बिज्ञप्ती

 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (टेकु)मा गरिएको पीसी आर परीक्षणमा भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो

भक्तपुरमा देखिएका दुईजना कोरोना संक्रमितमध्ये २५ वर्षीय महिला सुनसरीको झुम्काबाट आएको खुलेको छ।

तीन दिन अघि उनी सुनसरीको झुम्काबाट भक्तपुर आएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पुष्टि गरेका हुन्।  उनका अनुसार युवतीलाई मंगलबार टेकु अस्पताल भर्ना गरिएको छ।

यस्तै भक्तपुरकै अर्का संक्रमित २७ वर्षीय पुरुष दुवाकोटको रहेको खुलेको छ। तर उनमा कसरी कोरोना भाइरसको संक्रमण सर्यो भन्ने कुरा खुल्न सकेकाे छैन।

दुबै संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङको काम अगाडि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी सविन प्रधानले जानकारी दिए।

नेपालमा मंगलबार एकैदिन ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट पर्सा, महोत्तरी, सर्लाही, धनुषा, कपिलबस्तु, रूपन्देही, भक्तपुर र काठमाडौंमा गरि ८३ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार मंगलबार साँझ गरिएको परीक्षणबाट पर्सामा १८, महोत्तरी, धनुषा र भक्तपुरमा दुई–दुई, काठमाडौं र सर्लाहीमा एक–एक गरी थप २६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। 

नयाँ संक्रमित २६ मध्ये १७ जना पुरुष र ९ जना महिला रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए।

योसँगै नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमिको संख्या २१७ पुगेको छ।

जसमध्ये ३४ जना निको भएका छन्। जसमा तीन जना व्यक्ति पुनः संक्रमण देखिएर अस्पतालमा उपचाररत छन्।

२४ घन्टामा उपत्यकामा भित्रिए ७ हजार 

 पछिल्लो २४ घण्टामा थानकोट, फर्पिङ, र जगाती नाका हुँदै भित्रिएको सवारीबाट ७ हजारजना उपत्यका भित्रिएका छन्। सरकारले काठमाडौं प्रवेशमा कडाइ गरेको भने पनि कोरोना संक्रमण फैलिएका जिल्लाहरुबाट समेत राजधानी प्रवेश गर्ने क्रम जारी छ।

यो पनि पढ्नुस्

मंगलबार एकै दिन थपिए ८३ कोरोना संक्रमित, पहिलो सय पुग्न १०६ दिन, दोस्रो सय ५ दिनमै!

गृह मन्त्रालयका अनुसार नाकामा उनीहरुलाई काठमाडौं आउने कारण सोधिन्छ।प्रहरीले राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुङ्गामा आउने जाने हरेक व्यक्तिको नाम, ठेगाना र नम्बर टिप्न थालेको छ।

दिउँसो भने काठमाडौं प्रवेश गर्नेको त ज्वरो पनि नापिन्छ। यो नाका हुँदै आउने सवारीले उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयबाट पास बनाएर ल्याएपछि सहजै काठमाडौं प्रवेश पाउँछन्। उनीहरुलाई  विद्युतीय वा कागजी जुनसुकै पास देखाए उपत्यका बाहिरबाट आएका सर्वसाधरणले सहजै प्रवेश पाइरहेका छन्।

गृह मन्नात्गरालयले एक जिल्लाबाट अर्को जिल्ला जाने सबै सवारी पास रद्द गरेपनि ढुङगा नाकाबाट मात्रै पास लिएर काठमाडौं प्रवेश गर्ने निजी सवारी दैनिक एक सय भन्दा बढी हुन्छ। प्रहरीका अनुसार यो नाकाबाट सोमबार मात्रै एक सय ५४ वटा निजी गाडीमा चार सय ५४ जना काठमाडौं भित्रिएका छन्।

आइतबार १ सय ४७ निजी गाडीमा तीन सय ३४ व्यक्ति उपत्यका बाहिरबाट काठमाडौं छिरेका थिए। यी बाहेक तरकारी, दुध, खाद्यन्न, निर्माण सामाग्री बोकेर काठमाडौं आउने सवारीमा पनि यात्रु ओसार्ने गरेको प्रहरीको तथ्याङकले देखाउँछ।

प्रकाशित मिति: : 2020-05-13 07:26:02

प्रतिकृया दिनुहोस्