सरकारले बुद्ध जयन्तीका दिन बिहीबार सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी बुद्धजयन्ती (वैशाख पूर्णिमा/चण्डी पूर्णिमा) परेकाले आज मुलुकभर सबैलाई लागू हुने गरी बिदा दिइएको जनाएको छ ।
मन्त्रिपरिषदको चैत ९ को निर्णयअनुसार एक वर्षभरि दिइने बिदा र कार्यालय समयको निर्धारण गरिसकेको र उक्त निर्णय राजपत्रमा प्रकाशित भइरहेकाले सोहीअनुसार बिदा दिइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।