काेराेनाबाट विश्वभर एक लाख ८३ हजारको मृत्यु, २६ लाख भन्दा बढी संक्रमित

बिएल संवाददाता

काठमाडाै‌ं

 कोरोना भाइरस संक्रमणका कारण विश्वभर एक लाख ८३ हजार जनाको मृत्यु भएको छ। २६ लाख भन्दा बढी मानिस संक्रमित भएका छन्।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा ४६ हजार पाँच सय ८३ जनाको मृत्यु भएको छ भने ८ लाख ३९ हजार ६ सय ७५ जना संक्रमित भएका छन्।

अमेरिकामा ७७ हजार ३ सय ६६ जना निको भएर घर गएका छन्। अमेरिकाको न्युयोर्क शहरमा मात्र १५ हजार ७४ जनाको मृत्यु भएको छ।

यता इटलीमा एक लाख ८७ हजार ३ सय २७ जना संक्रमित भएका छन् भने २५ हजार ८५ जनाको मृत्यु भएको छ।

स्पेनमा २ लाख ८ हजार ३ सय ८९ जना संक्रमित भएका छन् र २१ हजार ७ सय १७ जनाको मृत्यु भएको छ।

फ्रान्समा १ लाख ५७ हजार ३ सय संक्रमित छन् भने २१ हजार ३ सय ४० जनाको मृत्यु भएको छ।

बेलायतमा १ लाख ३४ हजार ६ सय ३८ जना संक्रमित भएका छन् भने १८ हजार १ सय जनाको मृत्यु भएको छ।

जर्मनीमा १ लाख ५० हजार ६ सय ४८ जना संक्रमित छन् भने ५ हजार २ सय ७९ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2020-04-23 07:24:23

प्रतिकृया दिनुहोस्