फ्रान्समा कोरोना मृतकको संख्या २० हजार नाघ्यो

अनुराधा पौडेल

पेरिस, फ्रान्स

फ्रान्सको कोरोना भाइरसका कारण मत्यु हुनेको संख्याले २० हजार पार गरेको छ। सोमबार दिइएको जानकारी अनुसार आजको दिनसम्म २० हजार दुई सय ६५ फ्रान्सेली नागरिकको ज्यान कोरोना भाइरसले लगिसकेको छ।

फ्रान्समा मार्च १७ का दिन बन्दाबन्दी घोषणा गरिएको थियो। बन्दाबन्दी घोषणाका दिनसम्म फ्रान्समा कोरोना भाइरस संक्रमणबाट एक सय ७५ जनाको मात्र मृत्यु भएको थियो। तर, त्यसयताको एक महिनामै फ्रान्सले २० हजार नागरिक गुमाएको छ। 

फ्रान्सको स्वास्थ्य सेवा बिभागका निर्देशक डा. जेरोम सालमोनका अनुसार बितेको २४ घन्टामा थप पाँच सय ५० जनाको मृत्यु भएको छ। 

सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले बताए अनुसार फ्रान्स कोरोना संक्रमणको स्थीर दिशातर्फ उन्मुख छ तर अवस्था अझै सन्तोषजनक छैन। ३० हजार कोरोना संक्रमित अझै अस्पतालमा भर्ना भएका छन्। उनीहरूमध्ये पाँच हजार ६ सय मानिसको अबस्था गम्भीर र जटिल छ। उनीहरूको सघन उपचार कक्षमा उपचार भैरहेको छ। सघन उपचार कक्षमा पुगेका संक्रमितमध्ये जम्मा ५० प्रतिशत मात्र निको भएर घर फर्केको अनुभव फ्रान्ससँग छ।  

फ्रान्सको कोरोना भाइरसका कारण मत्यु हुनेको संख्याले २० हजार पार गरेको छ। फ्रान्समा मार्च १७ का दिन बन्दाबन्दी घोषणा गर्दा कोरोना भाइरस संक्रमणबाट एक सय ७५ जनाको मात्र मृत्यु भएको थियो। तर, त्यसयताको एक महिनामै २० हजार फ्रान्सेली नागरिकको ज्यान गएको छ।

फ्रान्समा सघन उपचार कक्षमा जम्मा पाँच हजार मात्र शैय्या छन्। ९ अप्रिलको दिन फ्रान्समा सात हजार एक सय मानिस सघन उपचार कक्षमा भर्ना भएका थिए। त्यसयता यो संख्या बिस्तारै घट्दो अबस्थामा रहेपनि यहाँका सघन उपचार कक्ष आफ्नो क्षमताभन्दा माथि चलिरहेका छन्।

पत्रकार सम्मेलनमा निर्देशक सालोमले भने। 'अस्पतालमा नयाँ आउँने बिरामीको भार स्वाट्टै घटेको छ तर नर्सिँग होम र वृद्धाश्रममा भने नयाँ नयाँ बिरामीको संख्या थपिदो छ।'

फ्रान्समा कोरोनाको उपचार पत्ता लगाउन ३० थरिका परिक्षण भैरहेका छन् । तर,ती सबै परीक्षण निस्कर्षमा पुगिरहेका छैनन्। त्यसैले तत्कालका लागि औषधि या खोपबिना नै अबका दिनमा फ्रान्सेली नागरिक कोरोना भाइरससँगै बाच्नुपर्ने देखिएको छ।

फ्रान्सले आउँदो मे ११ देखि बिस्तारै बन्दाबन्दी खुकुलो पार्ने निर्णय लिएको छ । जसअन्तर्गत पहिलो चरणमा बिद्यालय खुल्नेछन् । विद्यालयसँगै अरू के के खुलाउने भन्ने बारेमा गृहकार्य जारी रहेको बताइएको छ। 

सरकारको यो निर्णयसँग फ्रान्सका संक्रमक रोग बिशेषज्ञ सन्तुष्ट छैनन्। आउँदा कयौँ महिना कोरोना भाइरससँगै जिउँनुपर्ने भन्दै संक्रमक रोग बिशेषेज्ञ कारिन लाकोम्बेलले भन्छिन् '६० प्रतिशत जनसंख्यामा कोरोनाको एन्टिबडी बिकास भएमा मात्र नया संक्रमणको जोखिम हुँदैन। तर, यो उदेश्य प्राप्त गर्न अहिलेकालागि असम्भव कुरा हो।' उनले थपेकी छन् ' फ्रान्सको लुइ पास्टर इन्स्टिच्युटले यो गर्मी यामको अन्त्यसम्म मानिसमा खोप परीक्षण गर्न सक्छ तर यति भैकन पनि हामीले खोप पाउन सन् २०२१ कुर्नैपर्छ।'

यही कुरालाई मध्यनजर राख्दै फ्रान्सेली प्रधानमन्त्री एडवार्ड फिलिपले भनेका छन्, ‘बन्दाबन्दीपछि फ्रान्सेलीले नयाँखालको जीवनशैलीको शुरुवात गर्नुपर्ने छ। बन्दाबन्दी पहिलाको जस्तै समय पाउँन हामीले कयौँ महिना कुर्नुपर्ने छ।‘

मे ११ देखि बन्दाबन्दी बिस्तारै खोल्नु अगाडि फ्रान्समा भएका केही परिवर्तनहरु:

  • मे को ११ पछि रेल तथा मेट्रोमा यात्रा गर्नेले अनिवार्य मास्क लगाउनैपर्ने ब्यवस्था सरकारले गर्दैछ।
  • गरीव बस्ने गल्ली तथा टोलका वालवालिकाको पठनपाठनका लागि १५ करोड युरो छुट्याइएको छ।
  • स्वास्थ्य सेवा बिभागका निर्देशक जेरोम सालोमका अनुसार कोरोना भाइरसबाट १० प्रतिशतभन्दा पनि कम जनसंख्या संक्रमित भएको छ।
  • कोरोना भाइरसले धेरै क्षति गरेको मानिएको फ्रान्सको मोर्बियोँ शहरमा कति प्रतिशत जनसंख्या संक्रमित भयो भन्ने कुराको अध्ययन शुरु गरिएको छ।
  • बालबालिकमाथि हुने दुर्व्यबहार र हिँसाबारे जानकारी दिने फ्रान्सको टेलिफोन नम्बर ११९ मा अचेल अत्यधिक फोन आउने गरेको छ। १० देखि १६ अप्रिलसम्म कोरोनाको पिक समयमा १४ हजार ६ सय ९३ पटक टेलिफोन आएको जानकारी फ्रान्सको बिएफएम टेलिभिजनले दिएको छ।
  • फ्रान्सको दक्षिणमा रहेको नन्त शहरले ६ लाख धुन मिल्न मास्कको अर्डर दिएको छ भने पेरिस महानगरपालिकाले पहिलो चरणमा नागरिकका लागि पाँच लाख मास्क बितरण हुने बताएको छ।
  • पेरिसमा दुईखाले पानीका पाइप छन्। पिउनयोग्य र सडक धुने या बिरुवामा लगाउने। सडक धुने पानी ८० प्रतिशतसम्म किटाणुरहित हुन्थ्यो तर अहिले यही पानीमा कोरोना भाइरस पाइएको जानकारी फ्रान्सको राष्ट्रिय समाचार समिति एएफपीले दिएको छ।   

फ्रान्सले अहिले ब्यापकरुपमा कोरोना परिक्षण अभियान शुरु गरेको छ।

प्रकाशित मिति: : 2020-04-21 03:07:24

प्रतिकृया दिनुहोस्