काेराेनाका कारण विदेशका नेपाली कामदार जोखिममा, झण्डै १ खर्ब रुपैयाँले रेमिट्यान्स घट्ने

विश्वव्यापी कोरोना भाइरस महामारीका कारण चालु आर्थिक वर्षमा नेपालको रेमिटयान्स आय करीब १० प्रतिशतले घट्ने देखिएको छ ।

नेपाली श्रमिकको रोजगार गन्तव्य मुलुकमा गरिएको लक डाउनका कारण वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली कामदार उच्च जोखिममा रहेका छन्। थुप्रै मुलुकले श्रमिक कटौतीको नीति समेत लिइरहेका छन् । यसबाट नेपालको रेमिटयान्स आय दुई अंकको दरमै घट्ने देखिएको सरोकारावालाले बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रबार आयोजना गरेको भिडियो कन्फरेन्समा सहभागी सम्बन्धित क्षेत्रका विज्ञहरुले यस्तो बताएका हुन् । कोरोना कारण धेरैले मुलुकहरले श्रमिक कटौती गरेका छन् ।  

फलस्वप वैदेशिक रोजगारीमा गएका नेपालीहरुको कामदारहरु पनि श्रमिक कटौतीमा परेका छन् । जसका कारण यो वर्ष नेपाल भित्रने रेमिट्यान्स १० प्रतिशत घट्न सक्ने अनुमान गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुणाकर भट्टले बताए ।

गत आर्थिक वर्षमा नेपालमा ८ खर्ब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । चालु आवमा केन्द्रीय बैंकले चालु आवमा ५ प्रतिशतले रेमिट्यान्स बढ्ने अनुमान गरिएको थियो ।  तर, यो वर्ष ८ खर्ब पनि रेमिट्यान्स भित्रन नसक्ने केन्द्रीय बैंकको अनुमान छ ।

'गत वर्ष १६ दशमलव ५ प्रतिशतले रेमिट्यान्स आप्रवाह वृद्धि भएको थियो, यो वर्ष हामीले सामान्य ५ प्रतिशत बढेर ९ खर्बको हाराहारीमा  पुग्ने अनुमान गरेका थियौँ,' उनले भने, 'तर, कोरोना महामारीले श्रम बजारलाइृ प्रभावित पारेका कारण रेमिटयान्स आय पनि घट्ने देखिएको छ ।'
भिडियो कन्फ्रेसमा बोल्दै केन्द्रीय बैंकको प्रवक्ता भट्टले बहुपक्षीय साझेदारसँग ऋण सहयोग भरपुर प्रयोग गर्नुपर्ने बताए । यतिबेला विश्व बैंक, एशियाली विकास बैङ्कजस्ता संस्थाबाट सहयोग लिन सकिने उनले बताए । “सामान्य अवस्थामा त हामी आईएमएफ जस्तो संस्थासँग सहयोग लिदैनौँ । तर, यतिबेला आईएमएफले नै सरकारको बजेटरी सपोर्टमा प्रयोग गर्न सकिने भन्ने शर्तमा सहयोग गर्न सक्ने भनेको छ । त्यसैले त्यस्तो सहयोगलाई पनि सरकारको साधन परिचालनमा प्रयोग गर्न सकिन्छ,” उनले भने । त्यस्तै, एआईविको सहयोगलाई पनिे परिचालन गर्न सकिने उनले बताए ।
संक्रमणका कारण नेपालको आर्थिक अवस्था पनि प्रभावित हुन्छ । त्यसैले यस्तो जोखिमलाई कम गर्न हामीले हाम्रा प्राथमिकताको निर्धारण गर्नुपर्ने राष्ट्र बैंकका प्रवक्ता भटट्ले बताए । नेपालको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको २७ प्रतिशत योगदान हुन्छ । यद्यपी हामीले वर्षेनी १ खर्ब बराबरको आधारभूत  कृषि जन्य बस्तुको आयात गरि रहेका छौ । तर, हामीले चाहयो भने  यो आयातलाई व्यवस्थपन गर्न सक्छौ ।

'खुल्ला अर्थतन्त्रमा प्रतिस्धापन गर्न गारो हुन्छ । तर, आधारभूत कृषि जन्य सामाग्रीमा आत्मनिर्भर हुन सकिन्छ,' उनले भने । यसबाट पनि वर्षेनी १ खर्ब बराबरको व्यापार घाटा कम गर्न सकिने उनले बताए । यसैगरी जलविद्युत परियोजनाबाट पेट्रोलियम पदार्थको आयातमा कम गरी व्यापार घाटा कम गर्न सकिने उनले बताए ।
नेपाल राष्ट्र बैंकले बहुक्षीय सस्थाहरुबाट कर्जा लिएर नीजि क्षेत्रलाई सहुलियत पूर्ण कर्जा दिनु राम्रो विकल्प हुन सक्ने केन्द्रीय बैंकका प्रवक्ता भट्टले बताए । सहयोगी संस्थाहरु पनि यस बिषयमा सकरात्मक रहेको उनले बताए । यसले नीजि क्षेत्रलाई उत्पादनको वातावरण सृजना हुने उनले दाबी गरे ।

कन्फेन्मा बोल्दै प्रवक्ता भट्टले पछिल्लो समयमा बैंकिक क्षेत्रको ब्याजदर स्थायित्व रहेको बताए । 'अर्थतन्त्रमा स्थिर ब्याजदर महत्वपूर्ण हो । पछिल्लो एक वर्षमा ब्याज स्थिर अवस्थामा छ । अर्थतन्त्रमा ब्याजदर स्थायित्व काय गर्न सक्यौ भने त्यसले उद्योगी व्यापारी मात्रै नभएर निक्षेपकर्तालाई पनि सुनिश्चितता दिन्छ । बचत गर्नेलाई प्रोत्साहीत गर्छ,' उनले भने ।
संक्रमण कारण भुक्तानी सन्तुलनमा चुनौती ल्याउने भट्टले बताए । उनका अनुसार संक्रमणले सबैभन्दा बढी रेमिट्यान्स, पर्यटन, बैदेशिक लगानी, बैदेशिक सन्चितबाट प्राप्त हुने आम्दानी प्रभावित हुन्छ । अहिले वैदेशिक रोजगारी अफ्ठयारो अवस्थामा रहेको भएपपिन आगामी दिनमा विश्वका विभिन्न मुलुकमा नेपाली कामदारको थप माग हुने समेत उनले बताए । अवस्था सामान्य भएपछि कामदारको माग हुन्छ । तर त्यतिबेला हामीले तालिम प्राप्त कामदारलाई उच्च पारिश्रमिकका साथ गन्त्बय मुलुकमा पठाउन सक्छौ ।
कोरोना संक्रमणका कारण विभिन्न मुलुकमा नेपाली कामदार विचल्लीमा परेको श्रम आप्रवास विज्ञ एवम् इक्वीडेम रिसर्च सेन्टरका दक्षिण एशिया निर्देशक रामेश्वर नेपालले बताए । श्रम सम्झौता भएका मुलुकहरुले समेत आप्रवासी कामदार र स्वदेशी कामदारमा विभेद गरेको उनले बताए । त्यसैले नेपाल सरकारले कुटनीतिक छलफल बढाउँनु पर्ने बताए । 'धेरै मुलुकले आफना कामदार फिर्ता लैजान दबाब दिई रहेका छन् । यदि यही अवस्थामा नेपाल आफैले लगानी गरी कामदार फिर्ता ल्याउँनु भनेका मुलुकको आर्थिक भार थपिनु हो । त्यसैले सरकारले कुटनीतिक तवरबाट नै छलफल चलाउँनुपर्छ,' उनले भने  ।
अहिलेको अवस्थामा बैदेशिक रोजगारीमा रहेका कामदार स्वास्थ्य र आर्थिक रुपमा जोखिममा रहेको आप्रवास विज्ञ नेपालले बताए । धेरै कामदार एउटै क्याम्पमा बस्नु पर्ने तथा रोजगारदाताले सुरक्षाका लागि अपनाउँनुपर्ने उपकरण प्रदान नगरेको कारण कामदारमा स्वास्थ जोखिम बढेको छ । त्यस्तै, कम्पनीहरु बन्द हुँदै जादा कामदारहरु वेरोजगार बन्दै गएको उनले बताए ।
इक्वीडेम रिसर्च सेन्टरले गरेको खाडीका ६ वटा मुलुकमा गरेको अध्ययनले कतिपय नेपाली कामदार बेतलवी विदामा रहन रोजगारदाताले दबाब दिएका छन् । केही कामदारले भुक्तानी पाए पनि अधिकाशं कामदारले पारिश्रमिक पाएका छैनन् । त्यसैले यतिबेला संक्रमणको अवस्था सामान्य भए पनि नेपाल फर्कन चाहने नेपाली कामदारको संख्या धेरै भएको उनले बताए ।

'यतिबेला सबै कामदारलाई फिर्ता गर्न सम्भव छैन । तर, अलपत्र र अप्ठेरोमा परेको कामदारलाई सरकारले उद्धार गर्नुपर्छ,' उनले भने । जसरी व्यवसायीलाई अनुदानमा ऋण दिई रहेको छ । त्यसैगरी यस्ता कामदारलाई पनि निब्याजी कर्जा दिएर मुलुक भित्र नै रहने सक्ने वातावरण बनाउँनु पर्ने बताए । 

प्रकाशित मिति: : 2020-04-17 18:30:52

प्रतिकृया दिनुहोस्