र्‍यापिड टेस्ट गर्दा पोखरामा एक कोरोना संक्रमित भेटिए

बिएल संवाददाता

काठमाडाै‌ं

र्‍यापिड टेस्ट गर्दा पोखरामा एक कोरोना संक्रमित भेटिएको छ । २७ दिन अघि दुबईबाट फर्किएकी ५५ वर्षिया महिलामा कोरोना पोजेटिभ भेटिएको हो । 

पोखरा महानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख हेमन्त शर्माका अनुसार संक्रमित महिला पोखरा १२ ढिकालेथरकी हुन् ।  

उनको र्‍यापिड टेस्टमा रिपोर्ट पोजेटिभ आएको बताए। 

थप परिक्षणको लागि उनको स्वाब पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा पठाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति: : 2020-04-15 17:27:07

प्रतिकृया दिनुहोस्