वाग्मती नगरपालिकाले हराइसकेको ‘मानापाथी’को प्रचलनलाई शुरुआत गरेको छ।
कोभिड–१९ को सम्भावित जोखिम हुन नदिन सरकारले गरेको घोषणा लकडाउनका कारण विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्न मानापाथी अभियान शुरु गरेको हो।
बिहीबारदेखि सुरु भएको सो अभियानमा प्रदेशसभा सदस्यदेखि खानेपानी उपभोक्ता समितिसम्मले सहयोग गरेको प्रमुख भरतकुमार थापाले जानकारी दिए।
'प्रदेशसभा सदस्य डिल्लीप्रसाद उपे्रतीले ५ क्विन्टल चामल, तथा ढुंगे्रखोला बृहत खानेपानी उपभोक्ता समितिले बीस क्विन्टल चामल, १ क्विन्टल दाल र २ क्विन्टल नुन प्रदान गरेको छ' उनले भने, 'यसैगरी रामजानकी साना किसान कृषि सहकारी संस्था धरहराले रु १५ हजार १०५ रुपैयाँ प्रदान गरेको छ।' विपन्न परिवारलाई खाद्यान्न समस्या नहोस् भन्ने तवरका साथ सो थालनी गरेको प्रमुख थापाको भनाइ छ।