अमेरिकामा काेराेना संक्रमित ५० हजार नाघे, मृत्यु हुने ६ सय

एजेन्सी

काठमाडाै‌ं

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ५० हजार नाघेको छ।

एएफपीले मंगलबार राति उल्लेख गरेअनुसार कोरोना भाइरस संक्रमित ६ सयको अमेरिकामा ज्यान गइसकेको छ।

अमेरिका कोरोना भाइरस संक्रमण तेस्रो बढी भएको देश हो।

सोमबार राति अमेरिकाको न्युयोर्कमा रहेका एक नेपालीको कोरोना भाइरस संक्रमणकै कारण ज्यान गुमेको थियो। विश्वभर कोरोनाको ४ लाख बिरामी नाघ्नुका साथै ज्यान गुमाउने १८ हजारभन्दा बढी भएको छ।

प्रकाशित मिति: : 2020-03-25 19:43:21

प्रतिकृया दिनुहोस्