वीरगञ्जका उद्योगी रुगंटा कोरोना स‌ंक्रमित भएकाे पुष्टि

वीरगञ्जकाका उद्योगी शिव रुगंटालाई कोरोना संक्रमण भएको पटना मेडिकल कलेजको ठहर छ। वीरगञ्ज आदर्शनगर निवासी ६७ बर्षिय शिवकुमार रुगंटालाई कोरोना भाईरस संक्रमण देखिएको पारिवारिक श्रोतले जनाएको छ।

भारतस्थित बिहार राज्यमा रहेकाे पटनाको पिएमसिएच अस्पतालमा उपचारत रुगंटाको उपचारको क्रममा कोरोनाको संक्रमण देखिएको चिकित्सकले बताएपछि उनका परिवारलाई होम क्वारेन्टाइनमा बस्न लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले जानकारी दिए। 

रुगंटाको दुवै मृगौला काम नलाग्ने भएपछि श्रीलंकामा यसअघि नै प्रत्यारोपण गरिएको थियो। रुगंटा मृगौला रोगी समेत भएको बताइएको छ। 

२५ दिन पहिले कलकत्ता पुगेका रुगंटा कलकत्ता हुँदै दिल्ली पुगेका थिए। वीरगञ्ज फर्केपछि गत चैत्र ३ गते ज्वरो आएपछि उपचारका लागि भारतका पटना पुगेका रुगंटालाई पटना मेडिकल कलेजले आज कोरोनाको संक्रमण देखिएको पुष्टि गरेको पारिवारिक श्रोतले जनाएको छ।

आज नै पटनामा कोरोना संक्रमणबाट एक व्यक्तिले ज्यान गुमाएका छन्।  पटनाकै साेही अस्पतालमा उपचाररत ती ब्यक्तिको आइतबार ज्यान गुमाएका हुन्।  

# संक्रमित हुनुपर्नेमा यसअघि अन्यथा भएकाे याे समाचार सच्चाइएकाे छ। हामी क्षमाप्रार्थी छाैं। # सम्पादक

प्रकाशित मिति: : 2020-03-23 06:22:09

प्रतिकृया दिनुहोस्