ट्रम्पले वार्ता स्थगित गरेको दुई सातापछि तालिबानी टोली चीनमा

तस्बिरः एजेन्सी

तालिबानी नेताहरुको एक टोलीले चिनियाँ अधिकारीहरुसँग भेटवार्ता गरेको छ ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वार्ता स्थगित गरेको दुई सातापछि तालिबानी टोलीले चिनियाँ अधिकारीहरुसँग भेटवार्ता गरेको हो ।

सोमबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जेङ सुहाङले तालिबानीसँग कुराकानी भएको बताए ।अफगानिस्तानमा शान्ति वार्ताको प्रक्रियाबारे धारणा साटासाट गरेको उनले बताए ।

कतारस्थित तालिबानी प्रवक्ता सुहेल साहिनले उक्त टोलीमा ९ जना सदस्य रहेको जानकारी दिएका छन् । मुल्लाह बरादरको नेतृत्वमा रहेको उक्त टोलीले बेइजिङमा देङ छिजुङसँग भेटवार्ता गरेको जनाए ।

 

प्रकाशित मिति: : 2019-09-23 17:55:54

प्रतिकृया दिनुहोस्