पतिले विदेशमा पसिना बगाएर जोडेको कलंकीको घर बेचेर पत्नी अर्कैसँग 'टाप' !

गगन अर्याल

काठमाडौं

सामान्य परिवारका प्रिन्स (नाम परिवर्तन) सानैदेखि मेहेनति थिए । परिवारको आर्थिक अवस्था कमजोर भएपनि सुख–दुःख गरेर उनले स्नातकसम्मको अध्ययन सके ।

स्नातक अध्ययनपछि आफ्न्तको सहयोगमा उनी अमेरिका हानिए । त्यहाँ ३ वर्ष मास्टर्स डिग्रीको अध्ययनसँगै रोजगारी पनि गरे।

पढ्दै, काम गर्दै गर्दा पनि राम्रै कमाए । त्यहाँ बस्दा कमाएको पैसाले उनले काठमाडौंको कलंकीमा ७ वर्ष अगाडि साढे ४ आनामा ३ तल्ले घर बनाए ।

परिवारका एक्ला छोरा भएकाले आफन्तको सहयोगमा ‘स्ट्रगल’ गरेका प्रिन्सलाई आफ्नो घर बनाउनु धेरै ठूलो कुरा थियो । आफ्न्तको सद्भाव र आफ्नो मेहेनतले उनको सपना एक हदसम्म पूरा भएको थियो ।

 

प्रकाशित मिति: : 2020-03-07 03:12:16

प्रतिकृया दिनुहोस्