अधिकांश जसो मानिसहरुको चाहना हुन्छ की आफु अन्य व्यक्ति भन्दा फरक देखिनका साथै सुन्दर देखिनु। जसमा उचाई एक महत्वपूर्ण हिस्सा हो।
किनकी यदी शरीरको उचाई राम्रो छ भने मात्रै त्यस व्यक्तिलाई सुन्दर व्यक्ति भन्न सकिन्छ। तर कुनै मानिसहरुसंग राम्रो उचाई नहुन पनि सक्छ। त्यसैले आज हामी चर्चा गर्नेछौं आखिर कसरी बढाउन सकिन्छ त आफ्नो हाइट? हेर्नुहोस् यी उपायहरु।
स्किपिङ
शरीरको लम्बाइ बढाउनका लागि सबैभन्दा उत्तम उपाय हो स्किपिङ। यसको माध्यामबाट शरीरमा रक्त संचार सही बनाइराख्छ जसले शरीरको हड्डीको लम्बाई बढाउन मदत गर्छ।
पौडी
अधिकांश जसो मानिसहरुलाई पौडी खेल्न रमाइलो लाग्ने गरेको हामीले सुन्दै आएका छौं। तर पौडी खेल्नु मात्रै रमाइलो होइन। किनकी शरीरको लम्बाइ बढाउने अर्को उत्तम उपाय हो पौडी खेल्नु। दैनिक पौडी खेल्ने हो भने लम्बाई बढाउन काफी मद्दत पुग्ने गर्छ।
कसरत
शरीरको लागि अर्को महत्वपूर्ण हिस्सा हो कसरत। जसले निश्चित भएको उचाईलाई बढाउन मदत पुर्याउछ। यसका लागि जमिनमा उल्टो पल्टिएर हातलाई जमीनमा टेकाउनुपर्छ। यसलाई कम्तीमा ३ देखि ४ पटक दोहोर्याउनु आवश्यक छ।