
प्रधानमन्त्री केपी शर्मा ओलीको ६९औं जन्मदिन विशेष हुँदै छ। ओलीले तेह्रथुमको जन्मघरमा जन्मदिन मनाउँदै छन्। साविक इवा गाविस २ खानीगाउँ। राज्य पुनर्संरचनापछि आठराई गाउँपालिका ४। निर्धाणाधीन मध्यपहाडी राजमार्ग छोडेर उत्तर लागेपछि ४० मिनेट पैदलमा घर पुगिन्छ। राजमार्गछेउको छाते ढुंगाबाट करिब ३० मिनेटको दूरीमा खानीगाउँ छ।
२०४७ मा बेचिएको घरजग्गा किबेच हुँदै तामाङ परिवारमा पुगेको थियो। ओली तेह्रथुम पुगेर तामाङलाई आग्रह गरेपछि ४ वर्षअघि खुसीसाथ बेचेका थिए। ‘स्वास्थ्य पनि त्यति राम्रो छैन, सामाजिक काम गर्न सार्वजनिक सम्पत्तिका रुपमा व्यवस्थापन गर्ने इच्छा छ’ भनेपछि तामाङले घर बेचेका थिए।
गाउँमा हेलिप्याड र एयरपोर्ट
‘पछिल्लो भेटमा जग्गा थपेर प्राविधिक कलेजलगायतका लागि तन्दुरुस्त संरचना बनाएर काम गर्ने इच्छा प्रधानमन्त्रीले व्यक्त गर्नुभएको छ। ओली ट्रस्ट बनाएर काम अघि बढाइएको छ’, पहिला उक्त जग्गा किनेका तुलसी संग्रौलाले भने। उनका अनुसार ३÷४ वटा ट्रस्ट बनाएर जग्गा कम्पनी ऐनमा दर्ता गरेर काम अघि बढाउने क्रममा हालसम्म करिब पाँच सय रोपनी जग्गा प्राप्त भएको छ। बेच्नुअघि २५ रोपनी थियो। उनका बुबा दुई दाजुभाइको नाममा २५ रोपनी थियो। ‘प्रधानमन्त्रीको इच्छा गरिबदुःखीका छोराछोरीले होस्टलमै बसेर पढून् भन्ने हो। कलेज निर्माणमा जापानले रुचि देखाएको छ’, संग्रौलाले भने।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया