प्रदेश सरकार जनताको आवश्यकता पुरा गर्न अघि बढिरहेको छ : प्रदेश प्रमुख अधिकारी

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीले प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा शनिबार आयोजित प्रदेश नंं १ को सरकारको दोस्रो वार्षिकोत्सव समारोहमा बोल्दै उनले सरकारले हासिल गरेको प्रगतिको संक्षिप्त किताब विमोचन गरेको बताए।

'उद्यमशीलता तथा सीमान्तकृत जनताको खाद्यान्नमा पहुँच पुर्याउन सरकारको उपलब्धि छ' उनले भने।

शान्ति सुरक्षा र शिक्षामा सूचना प्रणालीले सरकारको काममा पारदर्शिता बढेको चर्चा गर्दै उनले भने, 'लोकतन्त्रिक मूल्यमान्यातामा आधारित समाजवादोन्मुख सरकारको नीति तथा कार्यक्रमले प्रदेशका जनता सुखी बन्ने विश्वास छ।'

जनताको आवश्यकता, समानता र समतामूलक समाज निर्माण गर्न प्रदेश सरकार अघि बढिरहेको बताउदै नेपाल भ्रमण वर्ष २०२० मा प्रदेश सरकारले लिएको अपेक्षा पूरा हुने उनको भनाई छ।

प्रकाशित मिति: : 2020-02-16 03:02:34

प्रतिकृया दिनुहोस्