पाँचथरमा सार्वजनिक शिक्षा सबलीकरण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

पाँचथरको फिदिम नगरपालिकामा सार्वजनिक शिक्षा सबलीकरण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

भाषा आयोगका सदस्य हरिचन्द्र लावतीद्धारा तयार पारिएको “गुणस्तरीय शिक्षा,मौलिक र बिपन्न बर्गको पहुँचमा आधारित शिक्षा नीति” शिर्षकमा २९ पेजको कार्यपत्र प्रस्तुत गर्दै कार्यक्रम शुक्रबार सम्पन्न भएको हो।

बिगत र हालको शिक्षाको संरचाना,गुणस्तरीय शिक्षाका लागि सबलीकरण र बजेट बिनियोजनको अवस्था,शिक्षालाई सबलीकरण गर्नका लागि गर्नुपर्ने कार्य,गुणस्तरीय शिक्षा विकासमा शिक्षण सिकाई रणनीति,शैक्षिक सुधारका लागि तालिम प्राप्त सुपरिवेक्षक,निरीक्षक,शैक्षिक प्रशासक, तालिम प्राप्त शिक्षक,प्रधानाध्यापक,विद्यार्थी,अभिभावकहरुमा इमान्दारिता जस्ता पक्षहरु समेटि कार्यपत्रमा प्रस्तुत गरिएको थियो।

त्यस्तै शिक्षा विकासका निम्ती स्थानीय तह,प्रदेश सरकार र केन्द्रिय सरकारले शैक्षिक क्षेत्रमा लगानीमा बढोत्तरी,राज्यको नीति,शिक्षा नीति र पाठ्यक्रम विकास लगायतमा नयाँ सुधार गरी आधुनिक परिवेश सुहाउँदो बनाउनुपर्ने लगायतका विषयहरु कार्यपत्रमा समावेश भएको थियो। सहभागिहरुले शिक्षालाई सबलीकरणका लागि जिवनउपयोगी र व्यवसायीक शिक्षामा जोड दिनुपर्ने सुझाव दिएका थिए। 

पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापकद्धोय लक्ष्मी ढुंगाना र लक्ष्मी भण्डारीले शिक्षामा समतामूलक खाडलको पहिचान,गरिब विपन्न नागरिकको शैक्षिक स्तर उकास्ने शिक्षा,शिक्षक शिक्षा,अभिभावक शिक्षाको आवश्यकता,व्यवसायिक र वृति विकासमा जोड,शिक्षकको कार्यसम्पादनमा आधुनिकीकरण,उत्कृष्ठ शिक्षक र विद्यार्थीलाई प्रोत्साहन,समन्वयात्मक पाठ्यक्रम निर्माणमा समसामयिकता लगायतका विषयहरुमा ध्यान दिनुपर्ने कुरा उल्लेख गरेका थिए। 

कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख युगमणि सबेहाङ,विशेष अतिथि फिदिम नगरपालिका उपप्रमुख उर्मिला प्रधान श्रेष्ठ,शिक्षक महासंघ अध्यक्ष मनरथ चापागाई,पूर्व विद्यार्थी समाजका अध्यक्ष केदार बाँस्कोटा,सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु,विभिन्न विद्यार्थी संगठनका प्रतिनिधि लागयतको सहभागिता रहेको थियो। 
 

प्रकाशित मिति: : 2020-02-15 21:24:14

प्रतिकृया दिनुहोस्