बोरुसिया डर्टमण्ड बुन्डेशलिगाको दोस्रो स्थानमा उक्लिएको छ।
शुक्रबार राति भएको खेलमा फ्रेन्कफर्टलाई ४–० ले हराउँदै डर्टमण्ड तालिकाको दोस्रो स्थानमा उक्लिएको हो।
लुकाज पिज्जाकले ३३ औँँ मिनेटमा डर्टमण्डलाई सुरुवाती अग्रता दिलाएका थिए।
४९ औँ मिनेटमा साञ्चोले डर्टमण्डको अग्रता दोब्बर बनाए।
हालाण्डले ५४ औँ मिनेटमा घरेलु टोलीलाई ३–० को स्थितिमा पुर्याएका थिए।
राफेल गुरेरोले ७४ औँ मिनेटमा गोल गर्दै डर्टमण्डलाई फराकिलो जित दिलाए।
जितसँगै डर्टमण्ड ४२ अंक सहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको बार्यन म्युनिखको ४३ अंक छ। फ्रेन्कफर्ट २८ अंक सहित नवौं स्थानमा छ।