खोला उत्खननको बिरोध गर्न जाँदा धनुषाको मिथिला नगरपालिका ५ श्रीनगरका दिलीपकुमार महतोको हत्यामा संलग्न आरोपित तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।
धनुषा जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलाशले क्रसर उद्योगी बिपिन महतो, टिपर चालक मुनिन्द्र महतो र लोडर चालक जितेन्द्र महतोलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
यस्तै, रोशनकुमार यादव, सत्यनारायण महतो र शत्रुधन महतोलाई २५ हजार धरौटी लिएर साधारण तारेखमा रिहा गर्ने आदेश दिइएको छ।
गत पुस २५ गते बिहान घर नजिकैको औरही खोलामा भइरहेको उत्खनन् रोक्न गएका दिलीपको हत्या गरिएको थियो। फलामको रड घोंचेर बेहोस बनाई टिपरले किचेर उनको हत्या गरिएको थियो।