प्रेमीकाले प्रेम प्रस्ताव अस्वीकार गरेपछि एक प्रहरी जवानले आफैँलाई गोली प्रहार गरेका छन्।
प्रेमिकाले प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आफैँलाई गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
रायले उनीसँगै कार्यरत युवतीलाई प्रेम प्रस्वाव राखेको र सहकर्मीले प्रस्ताव अस्वीकार गरेपछि आफ्नै पेटमा गोली हानेका हुन्। गोली लागी घाइते भएका रायको सिन्धुलीमा उपचार हुन नसकेपछि काठमाडौं ल्याइएको छ।