प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको २ वर्ष पुगेको अवसरमा प्रतिनिधिसभाबाट सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री ओलीले संसदमा सार्वजनिक महत्वको विषयमा जानकारी दिन शुक्रबार संसदको समय लिएको  सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

प्रधानमन्त्री ओलीले दुई वर्षअघि फागनु ३ गते प्रधानमन्त्री पदको सपथ लिएका थिए। 

प्रतिनिधिसभाको बैठक शुक्रबार २ बजे बस्दैछ। बैठकको सुरुआतमै प्रधानमन्त्रीले वक्तव्य दिन लागेका सरकारका प्रवक्ता समेत रहेका बाँस्कोटाले जानकारी दिए। 
 

प्रकाशित मिति: : 2020-02-14 20:42:05

प्रतिकृया दिनुहोस्