जन्मदिनमा वृद्धा आश्रममा अक्षयकोष

विराटनगर महानगरपालिका ८ मधुमाराकी सारदा भण्डारीले आफ्नो ४५ औं जन्मदिनको अवसर पारेर विराटेश्वर वृद्धा आश्रममा अक्षयकोष खडा गरिदिएकी छन्। 

ज्येष्ठ नागरिकहरूको औषधि र उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले कोष खडा गरिएको उनले बताइन्। उनले बिहीबार ५० हजार एक सय पाँच रूपैयाँको अक्षयकोष खडा गरिदिएकी हुन्।

सारदारले जन्म दिनमा गरिने फजुल खर्च स्वर्गिय सासू तुलसा देवी र ससुरा वीरबहादुर कार्कीको नाममा वृद्धा आश्रमलाई कोष खडा गरेर सहयोग गरिएको बताइन्। 

एक कार्यक्रमकाबीच अक्षयकोषको रकम विराटेश्वर वृद्धा आश्रमका अध्यक्ष जगतप्रसाद अर्याललाई भण्डारी र  उनका श्रीमान रन्जन कार्कीले संयुक्त रूपमा हस्तान्तरण गरे। कोषको रकम आगामी दिनमा वृद्धि गर्दै लैजाने योजना रहेको रन्जनले बताए। 

वृद्धाहरूको औषधी उपचारका लागि स्थपना गरिएको अक्षयकोषको रकम आगमी दिनमा थप वृद्धि गर्दै लैजाने सारदाका श्रीमान एन्जलले बताए। वृद्धाश्रममा ६१ जना जेष्ठ नागरिक रहेका छन्।

प्रकाशित मिति: : 2020-02-14 10:36:05

प्रतिकृया दिनुहोस्