अब पनि पत्यार लाग्दैन त?, रेल संचालनसम्बन्धि कानून पारित भैसक्यो: सरकारका प्रवक्ता

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारले एउटा पनि नराम्रो काम नगरेको बताएका छन्।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित कार्यक्रममा सरकारका २ वर्षका राम्रा कामबारे सोधिएको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता समेत रहेका बाँस्कोटाले भने, ‘नराम्रा काम एउटा पनि गरेको छैन। जति गरियो राम्रै गरेका छौं। नराम्रो देख्ने आँखा चाहिँ नराम्रा हुन्।’

उनले राम्रा कामको कुरा गर्ने हो भने जयनगर-विजलपुरा रेल यही वर्ष गुड्ने, पूर्वपश्चिम रेलमार्गको अध्ययन भइसकेको तथा काठमाडौं केरुङ रेलको प्रारम्भीक अध्ययन भइसकेको र पानी जहाजको कार्यालय खोलिएको पनि बताए।

‘अब पनि पत्यार लाग्दैन त?,रेल संचालनसम्बन्धि कानून संसदबाट पारित नै भैसक्यो। अब बन्दै नबन्ने खाकामा किन बिल लेर आउनुपर्यो? पानी जहाज संचालन गर्न हामीले प्रशान्त र हिन्द महासागरमा कृज किनिसक्यौं। ३ हजारभन्दा बढी सडक कालोपत्रे भएको छ। अब घर अगाडि बिकास भएन भनेर केही पनि गरेन भन्नु त भएन नि,’ उनले भने। 

सरकारले गरेको बाँकी काम प्रधानमन्त्रीले खास सम्बोधन गर्ने उनले बताए। ‘सरकारले २ वर्षमा गरेका कामबारे प्रधानमन्त्रीजयूले बताउनु हुन्छ’, भोलि संसदमा सम्बोधन गर्ने कार्यक्रम छ।’

प्रवक्ता बाँस्कोटाले भ्रष्टाचार घटेको, शान्ति सुरक्षाको अवस्था राम्रो भएको, सुखी नेपाली, समृद्धि नेपाली कार्यक्रमको नतिजा देखिन थालेको समेत बताए। 

 

प्रकाशित मिति: : 2020-02-14 05:01:55

प्रतिकृया दिनुहोस्