सप्तरीको बोदेबर्साइन नगरपालिका–१० खड्गपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको भारतमा गोली प्रहार गरी हत्या गरिएको छ।
सप्तरीका एसपी कृष्ण प्रसाईका अनुसार कामको सिलसिलामा भारतको झन्झारपुर गएर स्कार्पियोमार्फत फर्कँदै गर्दा मोटरसाइकलमा सवार अज्ञात समूहले गोली प्रहार गरी यादवको हत्या गरेको हो।
यादव बोदेबर्साइन नगरपालिका–८ स्थित एक ग्यारेजका काम गर्दै आएका थिए। एसपी प्रसाईका अनुसार भारतीय प्रहरीसँग समन्वय गरेर घटनाबारे बुझ्ने कोसिस भइरहेको छ। यद्यपी घटनाको विस्तृत विवरण आइनसकेको उनले बताए।