नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला इञ्चार्ज पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँको बन्दीपुर गाउँपालिकाका पूर्णजित पुन रहेका छन्।
उनलाई म्याग्दे गाउँपालिका–३ जामुनेबाट बुधबार पक्राउ गरेको हो। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।