सेवा अवधिमा धेरै आलोचना र आरोप खेप्नुपर्‍याे: महानिरीक्षक खनाल

प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको बिदाइ गरेको छ। आफ्नो ३० वर्षे सेवा अवधि सकिएकाले रातिदेखि अनिवार्य अवकाश लिन लिएका खनालाई मंगलबार साँझ एक समारोहका बीच बिदाइ गरिएको हो।

नवनियुक्त प्रहरी महानिरीक्षक (आइजी) ठाकुरप्रसाद ज्ञवालीले उनलाई बिदाइ गरेका हुन्। बिदाइ समारोहमा महानिरीक्षक खनालले आफ्नो सेवा अवधिमा धेरै अनुभव सङ्गालेको बताउँदै आफूले विभिन्न आलोचना र आरोपसमेत खेप्नुपरेको प्रतिक्रिया दिए। उनले आफूमाथि गलत आरोप लगाउने प्रयास भएको भन्दै दुखेसो पनि गरेका थिए। 

सो क्रममा नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरी महानिरीक्षक खनालले समुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याएर समाज र प्रहरीलाई जोड्ने काम गरेको बताए। उनले आगामी दिनमा सङ्गठनलाई चलायमान गराउन सबैको साथ र सहयोगको अपेक्षा राखे। 
 

प्रकाशित मिति: : 2020-02-12 11:09:03

प्रतिकृया दिनुहोस्