फैजाबाद । अफगानिस्तानका सरकारी सुरक्षाकर्मीसमक्ष २४ तालिबान लडाकूले आत्मसमर्पण गरेका छन् ।
देशको उत्तरी प्रान्त बाद्ख्शान २४ लडाकूले आत्मसमर्पण गरेका सैनिक स्रोतले सोमबार जानकारी दिएका छन् स्थानीय नेता र जिल्लाका प्रहरीको पहलमा बाद्ख्शान प्रान्तको यम्गान जिल्लामा ती लडाकूहरुले सरकारी सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण गरेका सेनाद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
आफूहरुसँग भएको हातहतियार पनि उनीहरुले सुरक्षा अधिकारी बुझाएका जारी वक्तव्यमा जनाइएको छ । ती तालिबान लडकूहरु बादख्शान प्रान्तको कुरान वा मुन्जान जिल्लामा पनि सक्रिय रहेका बताइएको छ ।
अफगानिस्तान सरकारले सन् २०१० देखि नै तालिबान लडाकूका लागि शान्ति तथा पुनस्र्थापना प्रक्रिया सुरु गरेको थियो । प्रक्रिया शुरु भएदेखि अहिलेसम्म दश हजारभन्दा बढी तालिबान लडाकू शान्ति तथा पुनस्र्थापना प्रक्रियामा सहभागी भएक अधिकारीहरुले जनाएका छन् ।
यही महिनाको शुरुमा झण्डै १५० तालिबान लडाकू तथा इस्लामिक स्टेट ९आइएस० लडाकूले पनि कुनार प्रान्तमा आत्मसमर्पण गरेका थिए ।