फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा नान्टलाई पराजित गरेको छ।
मंगलबार भएको खेलमा पीएसजीले नान्टलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
पीएसजीको जितमा मौरो ईकार्डी र थिलो केहरले पीएसजीका लागि एक एक गोल गरे। नान्टका मोसिस सिमोनले एक गोल फर्काए।
खेलको २९ औँ मिनेटमा ईकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए। केहरले ५७ औँ मिनेटमा पीएसजीको अग्रता दोब्बर बनाए। नान्टका सिमोनले ६८ औँ मिनेटमा एक गोल फर्काए।
पीएसजीले २३ खेलबाट ५८ अंक जोडेको छ। नान्ट ३२ अंक सहित तालिकाको दशौं स्थानमा छ।