गोकुलम महिला आई लिगकाे सेमिफाइनलमा

बिएल संवाददाता

काठमाडाै‌ं

गोकुलम केरला एफसी भारतीय (आई) महिला लिगमा सेमिफाइनलमा पुगेको छ। मंगलबार भएको खेलमा बैंगलोर युनाइटेड फुटबल क्लबलाई ५–१ ले पराजित गर्दै गोकुलम सेमिफाइनलमा पुगेको हो। 

खेलमा सावित्रा भाण्डारीले एक गोल गरिन भने कमलाले ह्याट्रिक पुरा गरेकी थिइन्। 

तेस्रो मिनेटमा बैंगलोरकी कोमल कुमारीको आत्मघाती गोलमा गोकुलमले अग्रता लिएको थियो।

तर, त्यसको दुई मिनेट नबित्दै बैंगलोरका लागि सत्यवती काडियाले बराबरी गोल गर्दै टोलीलाई खेलमा फर्काइन्। 

४६ औं मिनेटमा सावित्राको गोलबाट गोकुलमले अग्रता लिएको थियो। सावित्राले लिगका ४ खेलमा १२ गोल पु¥याएकी छिन्। पहिलो खेलमा १ गोल गरेकी उनले दोस्रो र तेस्रो खेलमा समान ५ गोल गरेकी थिइन्। लिग अघिको छनोटमा पनि उनले २ गोल गरेकी थिइन्।

कमलाले ५१ औं ,५९ औं र इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन्।

समूह ‘बी’को अंक तालिको शीर्ष स्थानमा रहेको गोकुलमले ४ खेलमा १२ अंक जोडेको छ।

प्रकाशित मिति: : 2020-02-05 04:30:13

प्रतिकृया दिनुहोस्