नेपालबाट खेल्न पाउँदा उत्साहित छु : उपुल थारंगा

एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने तयारीमा रहेका श्रीलङ्काली खेलाडी उपुल थारंगाले नेपालमा खेल्न पाउँदा खुशी लागेको बताएका छन्।

ललितपुर प्याट्रियट्सबाट ईपीएल खेल्न लागेका थारंगाले पहिलो पटक नेपालमा खेल्न पाउँदा खुशी व्यक्त गरेका हुन्। उनले क्रिकेटको विकास भैरहेको देश नेपालमा खेल्न पाउँदा उत्साहित रहेको र आउँदा वर्षमा पनि संलग्न हुने अपेक्षामा रहेको फेसबुक पेजमा उल्लेख गरेका छन्।

थारंगाले श्रीलंकाबाट तीन वटै फर्म्याट खेलेका छन्। जसमा उनले ३१ टेस्ट, २३५ एकदिवसीय र २६ टी-२० खेलेका छन। बायाँ हाते ब्याट्सम्यान थारंगाले सन् २००५ मा भारतविरुद्ध टेस्टमा डेब्यू गरेका थिए। 

त्यही सिरिजमा एकदिवसीयमा डेब्यू गरेका थारंगाले टेस्टमा एक हजार सात सय ५४ रन बनाएका छन् भने र एकदिवसीयमा ६ हजार ९ सय ५१ रन प्रहार गरेका छन्।

उनले टी–२० मा भने २६ खेलमा मात्र चार सय ७ रन बनाएका छन्। टी–२० मा उनले सन् २००६ मा इङ्ग्ल्यान्डविरुद्ध डेब्यू गरेका थिए। ललितपुरले यो सिजनमा विदेशी खेलाडीका रूपमा थारंगालाई ल्याएको हो। 


 

प्रकाशित मिति: : 2020-01-29 20:07:51

प्रतिकृया दिनुहोस्