ए डिभिजन लिग: सन्तोषकाे निर्णायक गोलमा च्यासल विजयी

 च्यासल युथ क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाईज क्लबलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा च्यासलले ब्रिगेडलाई १–० गोल अन्तरले पराजित गरेको हो।

च्यासलको जितमा कप्तान सन्तोष साहुखलले निर्णायक गोल गरे। सन्तोषले थप गरिएको इन्जुरी समयमा गोल गरेका हुन्। 

जितसँगै च्यासल ८ खेलमा ९ अंक जोडेर लिगको आठौं स्थानमा उक्लिएको छ। ब्रिगेड ८ खेलमा ८ अंकसहित दशौँ स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-01-25 07:51:49

प्रतिकृया दिनुहोस्