ए डिभिजन लिग: थ्रीस्टार क्लब र शेर्पा तथा एपीएफ र जावलाखेल भिड्दै

शहीद स्मारक ए डिभिजन लिगमा बिहिबार दुई खेल हुँदैछन्।

पहिलो खेल दशरथ रंगशालामा थ्रीस्टार क्लब र हिमालयन शेर्पाले खेल्नेछन् भने दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र जावलाखेल क्लबले प्रतिस्पर्धा गर्नेछ।

पहिलो खेल मध्यान्न १२ बजे शुरु हुनेछ।

११ अंकसहित पाँचौ स्थानमा रहेको थ्रीस्टार क्लब हिमालयन शेर्पालाई पराजित गर्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा छ।

थ्रीस्टारभन्दा माथि आर्मी क्लब र मछिन्द्र १६ अंकसहित लिगको शीर्ष पहिलो र दोस्रो स्थानमा छन् भने मनाङ मस्र्याङ्दी क्लब १३ अंकसहित तेस्रो स्थानमा छ भने समान ११ अंक रहेको न्युरोड टिम एनआरटी चौथो स्थानमा छ।

थ्रीस्टारको प्रतिद्वन्दी शेर्पा क्लब भने ७ अंकसहित ११ औं स्थानमा छ। अहिलेसम्म शेर्पाले मात्रै १ खेल जीतेको छ।

यता, दिउँसो हुने खेलमा ९ अंकसहित आठौं स्थानमा रहेको जालाखेल युवा क्लब एपीएफलाई पराजित गर्दै अंक तालिकामा सुधार गर्ने योजनामा छ। जावलाखेलको सामना गर्न लागेको एपीएफ लिगमा दोस्रो जितको खोजिमा छ।

उसले अहिलेसम्म मात्रै १ जीत २ बराबरी र ४ खेलमा हार व्येहोरेको छ।
 

प्रकाशित मिति: : 2020-01-23 21:26:47

प्रतिकृया दिनुहोस्