कोपा डेल रे: सि डिभिजनको कल्बविरूद्द बार्सिलोनाको कठिन जित

बार्सिलोनाले कोपा डेल रे फुटबलमा इबिजालाई हराएको छ।

बुधबार राति अन्तिम ३२ को खेलमा बार्सिलोनाले तेस्रो डिभिजनको क्लब इबिजालाई २–१ गोल अन्तरले हराएको हो।

बार्सिलोनाको जितमा एन्टोनी ग्रिजम्यानले दुई गोल गरे। यता इबिजाको लागि जाभी पेरेजले एक गोल फर्काए।

खेलको नवौ मिनेटमा पेरेजले गोल गर्दै इबिजालाई सुरुवाती अग्रता दिलाएका थिए।

पहिलो हाफ १-० ले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा कमब्याक गर्यो।

७२ औंं मिनेटमा ग्रिजम्यानले बराबरी गोल फर्काए। ईन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै ग्रिजम्यानले बार्सिलोनालाई जिताए ।

स्मरण रहोस् की यो खेलमा लिअोनल मेसी  र जेरार्ड पिकेलाई बिश्राम दिईएको थियोे भने लुइस सुवारेज र उसमाने डिम्बेले घाइते भएका कारण मैदान छिर्न सकेका थिएनन्।

प्रकाशित मिति: : 2020-01-23 19:13:10

प्रतिकृया दिनुहोस्