जापानद्धारा नेपाली ब्याडमिन्टनलाई सहयाेग

जापानी राजदुतावासमा एक कार्यक्रमका बीच जापानका परराष्ट्र मन्त्रालयका उपमन्त्री नोरीहिरो नाकायामाले नेपाल ब्याड्मिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलाई ब्याडमिन्टन र्‍याकेट उपलब्ध गराए। 

जापानी सरकारको ‘स्पोर्ट्स फर टुमरो’ कार्यक्रमअन्तर्गत बुधबार निप्पन ब्याडमिन्टन संघले नेपाल ब्याड्मिन्टन संघलाई खेल समाग्री उपलब्ध गराएको छ ।

जापानी राजदुतावासमा एक कार्यक्रमका बीच जापानका परराष्ट्र मन्त्रालयका उपमन्त्री नोरीहिरो नाकायामाले नेपाल ब्याड्मिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलाई ब्याडमिन्टन र्‍याकेट उपलब्ध गराए। 

स्पोर्ट्स फर टुमरो, टोकियो ओलम्पिक र पाराओलम्पिक– २०२० को प्रवर्द्धन परियोजना हो। यसअन्तर्गत जापान सरकारले सन् २०२० मा टोकियो ओलम्पिक सुरु हुँदा सम्म एक करोडभन्दा बढीलाई खेलमार्फत सहयोग गर्ने लक्ष्य लिएको छ। निप्पन ब्याडमिन्टन संघले ८० र्‍याकेट प्रदान गरेको हो। 

नेपालका लागि जापानका राजदुत मासामिची साइगोले नेपाली ब्याडमिन्टनलाई सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे। नेपाल ब्याडमिन्टन संघका अध्यक्ष श्रेष्ठले जापानले नेपालका ब्याडमिन्टन खेलाडीलाई सम्झेर सहयोग गरेकोमा धन्यवाद दिए। 

प्रकाशित मिति: : 2020-01-17 04:42:52

प्रतिकृया दिनुहोस्