अमेरिकी राष्ट्रपति ट्रम्पको सुझाव चीनद्वारा अस्विकार

हङकङको विषयमा ट्रम्प र जिनपिङ आम्नेसाम्ने । तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिन्पिङलाई हङ्‌कङका विरोध प्रदर्शनकारीसँग वार्ता गर्न सुझाव दिएलगत्तै चीनले त्यस्तो सम्भावना नभएको बताएको छ । 

बेइजिङले ती प्रदर्शनकारीलाई "आतङ्ककारीको जस्तै व्यवहार भएका दङ्गाकारी" भन्ने गरेकाले उनीहरूलाई भेट्ने सम्भावना नभएको हो ।

विवादास्पद सुपुर्दगी विधेयकको विरोधबाट सुरू भएको प्रदर्शन विधेयक फिर्ता भैसकेपनि प्रजातान्त्रिक सुधारको व्यापक माग थपेर हङकङ केही सातायता अशान्त रहदै आएको छ । 

हङकङको प्रदर्शनकारीलाई अमेरिकाले उक्साइरहेको आरोप चीनले लगाउँदै आएको छ । तर, अमेरिकी राष्ट्रपति ट्रम्पले भने त्यसलाई अस्विकार गर्दै आएका छन् । यद्यपि, उनले हङकङको विषयमा परस्पर विरोधी ट्विटहरू भने गरिरहेकै छन् ।

यसैबीच बिहीवार यूकेस्थित चिनियाँ राजदूतले सन् १९९७ मा यूकेले उक्त भूभाग चीनलाई हस्तान्तरण गरेयता हङ्‌कङले सबैभन्दा खराब अवस्था सामना गरिरहेको बताएका छन् । उनले यस्तो अवस्था चीनले टुलुटुल हेरेर बस्न नसक्ने स्थिति थप बिग्रिए बेइजिङले हस्तक्षेप गर्ने बताएका छन् । 

 

प्रकाशित मिति: : 2019-08-16 18:24:07

प्रतिकृया दिनुहोस्