अमेरिका भन्छ- 'बदमास सत्ता' : चीन भन्छ- 'गुण्डा तर्क'

हङकङको प्रदर्शनलाई लिएर अमेरिका र चीनबीच वाकयुद्ध । तस्बिर : फाइल/एजेन्सी

अमेरिका र चीन हङ्‌कङमा शुरू भएका नयाँ विरोा प्रदर्शनलाई लिएर वाकयुद्धमा उत्रिएका छन् । 

अमेरिकी कूटनीतिज्ञ जुली ईदेहले एउटा होटलमा विद्यार्थी नेताहरूसँग भेटिरहेको तस्वीर सार्वजनिक भएपछि चीन भड्किएको थियो । यसलाई उसले अमेरिकी हस्तक्षेपका रूपमा अर्थ्याएको थियोे । 

तर, अमेरिकाले उसको विरोधमा पानी खन्याउँलै उल्टै चीनलाई  'बदमाश सत्ता' भन्दै उसको निन्दा गर्यो । जवाफमा अमेरिकाको तर्कलाई चीनदे गुण्डा तर्क भनेको छ ।

हङ्‌कङ सन् १९९७ यता 'एक देश, दुई प्रणाली' अन्तर्गत चीनको अङ्ग रहिआएको हङकङमा हप्तौदेखि विरोध प्रदर्शन जारी छ । सुपुर्दगीसम्बन्धी विधेयकको विरोधबाट शुरू भएको प्रदर्शन बृहत्‌ स्वतन्त्रताको मागसम्म पुगेको छ ।

हङकङको संसदमा प्रस्तुत गरिएको सुपुर्दगीसम्बन्धी विधेयकमा बलात्कार र हत्याजस्ता अपराधका सन्दिग्धलाई मुख्यभूमि चीन, ताइवान र मकाउसामु सुपुर्दगी गर्न सकिने प्रस्ताव गरिएको थियो । विधेयकको यस प्रावधानको हङकङका प्रदर्शनकारीहरूले विरोध गर्दै आएका छन् । उनीहरू हङ्‌कङलाई योजनाबद्ध ढङ्गबाट चीनको पूर्ण नियन्त्रणमा ल्याउन खोजेको भनेर भय प्रकट गरिरहेका छन् । 

हङकङको यो प्रदर्शनलाई अमेरिकाले उक्साइरहेको चीनले ठानेको छ । तर, अमेरिकाले भने त्यसको खण्डन गर्दै आएको छ । 

 

प्रकाशित मिति: : 2019-08-10 04:21:28

प्रतिकृया दिनुहोस्