अमेरिकामा ट्रम्प र डेमोक्रेटबीच सौदाबाजी : १२ साता सुत्केरी विदा

अमेरिकामा संघीय कर्मचारी खुशी : एक फाइल तस्बिर ।

अमेरिकामा राष्ट्रपति ट्रम्प र संसदको तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिब्समा बहुमतमा रहेको डेमोक्रेटिक पार्टीबीच सौदाबाजी भएको छ । महाअभियोगका लागि लडाई लडिरहे पनि उनीहरूले दुइटा विषयमा सौदाबाजी गरेर टुंगो लगाएका छन्।

अब अमेरिकाको अन्तरिक्ष सैनिक बल हुने भएको छ। यसअघि स्थल, जल र हवाई गरी तीनखालका अमेरिकी सेना रहदै आएकोमा अब अमेरिकासँग छुट्टै अन्तरिक्ष सेना पनि हुने भएको छ । राष्ट्रपति ट्रम्पको विशेष इच्छामा यस्तो प्रावधान डेमोक्रेटहरूले स्वीकारेका हुन्। बदलामा राष्ट्रपति ट्रम्प अमेरिकाका संघीय कर्मचारीलाई १२ हप्ताको तलवी सुत्केरी विदा दिन राजी भएका छन्।

अमेरिकामा तलबी सुत्केरी विदा दिन लागेको इतिहासमै पहिलोपटक हो। यो सुविधाअन्तर्गत बच्चा जन्मेको बेला उसका अभिभवाकले १२ साता तलवी विदा पाउँने छन्। 

 

डेमोक्रेटसहरू लामो समयदेखि यस्तो विदाको पक्षमा रहदै आएका थिए। तर, राष्ट्रपति ट्रम्प त्यसका लागि तयार थिएनन् ।

अमेरिकामा तलबी सुत्केरी विदा दिन लागेको इतिहासमै पहिलोपटक हो। यो सुविधाअन्तर्गत बच्चा जन्मेको बेला उसका अभिभवाकले १२ साता तलवी विदा पाउँने छन्। 

बुधबार अमेरिकी संसदको तल्लो सदनमा भएको मतदानमा यस ऐेनको पक्षमा ३७७ र विपक्षमा ४८ मत परेको थियो । विपक्षमा ४१ डेमोक्रेट, ७ रिपब्लिकन र एक गैरदलीय सांसदले मतदान गरेका थिए । उनीहरूले १२० बिलियन डलरको यो धनराशी शिक्षामा लगानी गरेको भए धेरै प्रतिभाशाली अमेरिकी विद्यार्थीहरूले नि:शुल्क शिक्षा लिएर अमेरिकालाई महान बनाउन योगदान दिने तर्क गरेका थिए ।

प्रकाशित मिति: : 2019-12-12 05:26:54

प्रतिकृया दिनुहोस्