अमेरिकाको राष्ट्रपतिमा भिड्लान् त ट्रम्प र ब्लुमबर्ग ?

कानेखुशी गर्दै ट्रम्प र ब्लुमबर्ग : राजनीतिमा कहिले शत्रु, कहिले मित्र । कस्ले के भन्न सक्छ र ? तस्बिर : एजन्सी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई अरूले हराउन नसक्ने निस्कर्ष निकाल्दै माइकल ब्लुमबर्ग चुनावी रेसमा उत्रने भएका छन् ।

अमेरिकी सातौ धनी ब्लुमबर्गले डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार हुन चाहेका छन् ।

कुनै समय न्युयोर्कका डेमोक्रेट मेयर रहेका उनी दल बदलिरहने मामालामा बदनाम छन् । तर, उनी न्युयोर्कका यस्ता मेयर हुन् जसले डेमोक्रेटिक पार्टीबाट मात्र हैन, रिपब्लिकन र स्वतन्त्र भएर पनि चुनाव जितेका छन् ।

आफूलाई मध्यमार्गी डेमोक्रेट भन्न रूचाउने उनी अमेरिकामा समाजवादी डेमोक्रेटको 'स्कप' नभएको बताउँछन् । उनी जो बाइडेनजस्ता मध्यमार्गी डेमोक्रेट उम्मेद्वार हुनुपर्ने पक्षमा छन् । तर, अहिले वारेन र स्याण्डर्सजस्ता वामपन्थी अगि देखिएकाले उनीहरूलाई रोक्न आवश्यक भएको उनी बताउँछन् । 

जस्तालाई तस्तै चाहिन्छ, म र ट्रम्पमा ढाँट्ने बाहेक धेरै कुरा मिल्छन् । म नढाँट्ने भएकाले जनताले मलाई भोट दिएर जिताउँछन् । 
-माइकल ब्लुम्बर्ग

चुनाव डेमोक्रेटिक पार्टीको नभएर राष्ट्रपतिको भएकाले डेमोक्रेटिक पार्टीेले समाजवादी उम्मेद्वार दिन नहुने ब्लुमवर्ग बताउँछन् । उनका अनुसार, त्यसो गर्यो भने समाजवादी उम्मेद्वार नरूचाउने अमेरिकीसँग बिकल्प नहुने भएकाले ट्रम्पलाई नै भोट हालेर जिताउँछन् । 

ब्लुमबर्ग भन्छन्, 'जस्तालाई तस्तै चाहिन्छ, म र ट्रम्पमा ढाँट्ने बाहेक धेरै कुरा मिल्छ, त्यही नढाँट्ने भएकाले उनीहरूले मलाई भोट दिन्छन् ।'

डेमोक्रेटिक प्राइमरीमा २४ जनाको बाक्लो उपस्थिति देखेपछि ब्लुमबर्ग उठौ कि नउठौंको स्थितिमा थिए । अहिले त्यो घटेर १७ मा आइपुगेपछि उनी उठ्ने मुडमा देखिएका छन् ।

आइवामा पहिलो डेमोक्रेटिक प्राइमरी ककस हुन तीन महिना पनि बाँकी नरहेको अवस्थामा उनको उम्मेद्वारी दर्ता हुने सम्भावना बढेको छ ।

लिट्टल माइकलले मेरो केही बिगार्नेवाला छैनन् । उनको उम्मेद्वारीले बाइडेन कमजोेर हुन्छन् र त्यसको फाइदा वारेन र स्याण्डर्सले उठाउँन सक्छन् । 
- डोनल्ड ट्रम्प

कहिलै हार्न नजानेका र प्रशस्तै सम्पति भएका ब्लुबर्गले ट्रम्पले रिपब्लिकन पार्टी हाइज्याक गरेजस्तै डेमोक्रेटिक पार्टी हाइज्याक नगर्लान् भन्न सकिन्न ।

यसैबीच अमेरिकी राष्ट्रपतिले आफ्ना गल्फ खेलाडी साथी ब्लुम्बर्गको उम्मेद्वारी घोषणालाई आत्मघाती निर्णय भनेका छन् । उनले लिट्टल माइकलले आफ्नो केही नबिगार्ने बताउँदै उनको उम्मेद्वारीले बाइडेन कमजोेर हुने र त्यसको फाइदा वारेन र स्याण्डर्सले उठाउन सक्ने बताएका छन् ।

ट्रम्पले जो उठे पनि हार्नै उठ्ने त हो भन्दै त्यसले केही फरक नपार्ने पनि बताएका छन् । 

 

 

प्रकाशित मिति: : 2019-11-09 04:12:51

प्रतिकृया दिनुहोस्