अमेरिकाको 'मिजौरी-दुर्घटना'का घाइते बालक अझै आईसीयूमै, सोमबार शल्यक्रिया

चार वर्षमै आमा गुमाएका शौर्य ओझा - अझै अर्धचेत अवस्थामा आइसीयूमै छन् । फाइल तस्बिर सौजन्य : सामाजिक सञ्जाल

अमेरिकाको मिजौरीमा गत सेप्टेम्बर ३ मा भएको दुर्घटनामा गम्भीर घाइते भएका चार वर्षीय वालक सौर्य ओझाको सोमबार अनुहारको शल्यक्रिया गरिने भएको छ । 

उनको परिरवारका सदस्य शौरभ ओझाले जनाएअनुसार उनी अहिले पनि आइसीयुमै छन् । २४ सै घण्टा नर्स र डक्टरको निगरानीमा राखिएका उनको होशसम्म खुलेको छ । 

शौर्य अहिले पनि खतराबाट बाहिर नरहेको जनाउदै उनले भने, 'सोमबारको शल्यक्रियाका लागि तयार बनाउन उनलाई औसधी खुआएर अर्धचेत अवस्थामै आईसीयुमा राखिएको छ ।'

शौर्यले दुर्घटनामा आमाका साथै मावली हजुरबुबा र हजुरआमा गुमाए । दुर्घटनामा परेको गाडी चलाइरहेका उनका बाबु उपचारपछि घर फर्केका छन् । अहिले पनि उनी श्रीमती र सासु-ससुरा गुमाएको पीडाले सामान्य हुन सकेका छैनन् । त्यसमा पनि आइसीयुमा राखेको अर्धचेत अवस्थाको छोराको अनिश्चित भविष्यले उनलाई थप पीडा दिएको छ ।

दुर्घटनामा ज्यान गुमाएका श्रद्धा खनाल ओझा र उनका बाब गोविन्द खानल र आमा शान्ता खनालको मिजौरीकै स्प्रिङफिल्डमा दाहसंस्कार गरिएको छ। परिवारका सदस्य शौरभले जनाएअनुसार उनीहरूको अस्थी नेपाल लैजान व्यवस्था मिलाइदैछ । 

यो पनि समाचार हेर्नुहोला 
दाईजोको निहुँमा कुटपिट

ओझा-खनाल परिवारका तीन सदस्यको अन्त्येष्टी र शौर्यको उपचारका लागि सहयोग जुटाउने क्रम अहिले पनि जारी छ । एकलाख अमेरिकी डलरको लक्ष्य राखेर सात दिनअघि खोलिएको गोफण्डमीमा यो समाचार तयार गरिरहेको बेलासम्म ९२ हजार ६ सय २५ अमेरिकी डलर संकलन भैसकेको छ । यो रकम दुईहजार पाँचसय मनकारीले दिएका हुन् ।

यो समाचार पनि हेर्नुहोला 
अमेरिकाको मिजौरी-दुर्घटनामा निधन भएका तीन नेपालीको दाहसंस्कार: ओभाएनन् आफन्तका आँखा

'श्रद्धा ल्याउन नसकिए पनि सौर्य-प्रभासको घाउमा मल्हम लगाउन सकिने रहेछ !'

अझै पनि सहयोगको लक्ष्य भेटी नसकिएको परिवारका सदस्य शौरभ ओझाले बताएका छन् । उनले  सहयोगका लागि सबैमा धन्यवाद ज्ञापन गर्दै चाँडै नै सहयोग संकलनको लक्ष्य भेटिनेमा आफू विश्वस्त रहेकाे पनि बताए । शौरभले दु:खको यो बेला सहयोग गर्ने, साथ दिने र सद्भाव राख्ने सबैलाई ओझा-खनाल परिवारका तर्फबाट धन्यवाद पनि दिएका छन् ।

 

प्रकाशित मिति: : 2019-09-14 07:14:42

प्रतिकृया दिनुहोस्