जापानमा ज्यानमारा गर्मी : ११ को मृत्यु, ६ हजार अस्पताल भर्ना

जापानमा उखरमाउलो गर्मी - एक प्रतिकात्मक तस्बिर : एजेन्सी

जापानमा अत्यधिक गर्मीका कारण एक सातामै ११ जनाको मृत्यु भएको छ भने ६ हजार व्यक्ति अस्पताल भर्ना भएका छन् ।

मनसुनी वर्षापछि देशभर बढेको गर्मीको कारण यो दुर्भाग्यपूर्ण परिस्थिति सिर्जना भएको बताइएको छ । देशका अधिकांश भागको तापक्रमको पारो ३७ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । 

यो पनि पढ्नुहोस् 
बिएल बिशेष: 'मेक्सिको सीमा पर्खाल स्थलगत रिपोर्ट 

 

अस्पताल पुगेका हजारौ जापानीमध्ये केहीलाई अस्पताल भर्ना गरिए पनि थोरैलाई छोटो समयको उपचार गरेर घर फर्काइएको थियो । उनीहरूलाई कम जोखिमयुक्त लक्षण देखिएकाले सामान्य उपचारपछि घर पठाइएको चिकित्सकहरूले बताएका छन् । 

अस्पतालमा भर्ना गरिकामध्ये आधाभन्दा बढी ६५ वर्षमाथिका वृद्धवृद्धा रहेको जनाइएको छ ।  आइची क्षेत्रमा सबैभन्दा बढी ३९३ जनामा अत्यधिक गर्मीका कारण अस्पताल भर्ना भएका छन् । त्यस्तै ओसाका क्षेत्रमा ३८८ टोकियोमा २९९ जनालाई गर्मीका कारण देखिएको समस्याका लागि उपचार प्रदान गरिराखिएको छ ।

प्रकाशित मिति: : 2019-08-01 23:02:12

प्रतिकृया दिनुहोस्