अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री बबको निधन, चुनावको पूर्वसन्ध्यामा लेबर पार्टीमा शोक

अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री तथा पार्टीका एक मार्गदर्शक नेता बब ह्वाकको निधनले यहाँकाो लेबर पार्टी शोकमा डुबेको छ। यही शनिबार हुन लागेको चुनावको पूर्वसन्ध्यामा ह्वाकको ८९ वर्षको उमेरकै उनकै सिड्नीस्थित निबासमा विहिबार निधन भएको हो। 

उनको निधनमा लेबर नेता सोर्टेनले ह्वाकको निधनले पार्टी र अस्ट्रेलियालाई अपूरणीय क्षति भएको बताएका छन्। उनले एक शोक विज्ञप्तीमा भनेका छन्- अस्ट्रेलियामा लेबर सरकार देख्न चाहेको उनको सपना पूरा नभइ बबको निधन भएको छ। हामी उनको सपना साकार पारेर साँचो श्रद्धाञ्जलि दिनेछौं।'

उनले लेबर नेता तथा कार्यकर्तालाई शोकलाई शक्तिमा बदली चुनावमा खट्न आग्रह गर्दै अस्ट्रेलियामा लेबर पार्टीलाई जिताएर बबलाई श्रद्धाञ्जली दिन अस्ट्रेलियाली जनतालाई आव्हान गरेका छन्। 

बुधबार मात्र बबले एक प्रेस वक्तव्य जारी गर्दै लेबरलाई यसपटक मौका दिन अनुरोध गरेका थिए। उनको अनुरोधले लेबर नेता तथा पार्टीलाई ठूलो ऊर्जा शक्ति मिलेको जस्तो देखिएको थियो।

बबको निधनसँगै अस्ट्रेलियाली राजनीतिको एक युगको अन्त भएको राजनीतिक विश्लेषकहरूले बताएका छन्। सन् १८८३ देखि १९९१ सम्म अस्ट्रलियाका प्रधानमन्त्री रहेका उनी यहाँका २३औं प्रधानमन्त्री थिए।उनी चारपटक निर्वाचित भए र प्रधानमन्त्रीका रूपमा अस्ट्रेलियामा तेस्रो लामो कार्यकाल बिताए। अस्ट्रेलियामा उनको कार्यकालअघिको समयलाई बिफोर ह्वाक (बीएच) र  कार्यकालपछिको समयलाई अफ्टर ह्वाक (एच) भनिन्छ।

एक लोकप्रिय ट्रेड युनियन नेताको पृष्ठभूमि भएका ह्वाक मिजासिला स्वभावका थिए। यही स्वभावका कारण पनि उनी अस्ट्रेलियालीमाझ लोकप्रिय थिए।

 

 

प्रकाशित मिति: : 2019-05-16 18:25:09

प्रतिकृया दिनुहोस्